सर्वोच्चले माग्यो प्रचण्डविरुद्धको रिट दरपिठ गर्नुको कारण

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपिठ गर्नुको कारण मागे गरेको छ । 

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपिठ गर्नुको कारण सर्वोच्च अदालत प्रशासनसँग मागेको हो । 

कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाइ गर्दै सर्वोच्चले उक्त रिट दरपिठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो । 

१ माघ ०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तर, २४ कात्तिमा सर्वोच्चले उक्त निवेदन दरपिठ गरेको थियो । निवेदन नै दरपिठ भएपछि उनीहरुले पुनः दरपिठको कारण माग गर्दै अर्को निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वोच्चले कारण मागेको हो । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार २०:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया