गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको एजेन्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि संघसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास छ ।

लोकतान्त्रिक–वाम गठबन्धन लमजुङले राइनास नगरपालिका–४ सातविसे बजारमा सोमबार आयोजना गरेको कोणसभामा प्रचण्डले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।’ गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन, र समृद्धिमा लगाउने एक सूत्रे नारा बनाएको उनको भनाइ छ । 

‘निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचन जस्तो नभइ यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुङ्गाउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकल्ने, निरङ्कुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो,’ प्रतण्डले भने ।

शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै उनले अगाडि थपे, ‘जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।’

प्रचण्डले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार ७:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया