उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेशका अर्का मन्त्री पनि बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । 

पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी मंगलबार बर्खास्त भएका हुन् । 

यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका खड्का उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । 

यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य पनि बर्खास्त भएका थिए । 

हरिशरण आचार्यः प्रचण्डविरुद्ध भोट मागे, गण्डकीका मुख्यमन्त्रीले मन्त्रीबाट बर्खास्त गरे

आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ : मुख्यमन्त्री पोखरेल



 

 



  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १६:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया