मध्यनेपाल नगरपालिका वडा नम्बर १ जितामा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन बलियो रहेकाले कमजोर मानसिकताका साथ नेकपा (एमाले)बाट निर्वाचित वडाअध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप छ ।
कांग्रेस वडा कार्यसमितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
वडाअध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेशीशहर लगिएको छ ।
कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा लगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।