रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा चिनवन २ मा उम्मेदवारी दिएको भन्दै रवि लामिछानेले विरुद्ध उजुरी परेको छ । उजुरी कर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी गरेपछि लामिछानेले भने आफ्नो नागरिकता सम्बन्धी विवाद समाधान भइसकेको बताएका छन् ।
‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?,’ उनले फेसबुकम लेखेका छन् ।
उनले त्यसबारे एक भिडियो सन्देशसमेत छाडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।