रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने बताएका छन् ।
राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ ।
फ्लोरिडाको मार–ए–लागोमा भएको र्यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।
र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अमेरिकालाई पुनः महान तथा गौरवशाली बनाउन आज राति म अमेरिकाको राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’
अमेरिकामा सन् २०१४ मा राष्ट्रपतिको चुनाव हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।