चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ
सांकेतिक तस्बिर

मोरङको बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको छ । 

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसी बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । 

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते करणको गोल्डेन अस्पताल बिराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ११:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया