मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार अभिनेत्री रेखा थापाले युवाजति खाडी पठाएर पार्टी बचाउने राजनीतिकाे अर्थ नभएकाे बताएकी छिन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै यस्ताे बताएकी हुन् ।
अभिनेत्री थापाले चुनावी घरदैलो कार्यक्रमका तस्बिरसहित स्टाटस लेखेर भनेकी छिन्, ‘अभियान अहिले पनि जारी छ । हामी मैदानमै छौँ । मलाई युवाजति खाडी पठाएर पार्टी बचाउने राजनीति गर्नु छैन,यो पटक मतदान हैन मत लगानी गरौँ ।’
केहीअघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले चुनावी सभामा युवाहरुलाई ‘फ्रि भिसा’ दिने आशयकाे भाषण गरेका थिए । थापाले देउवा र नेपालको उक्त भाषणप्रति संकेत गर्दै व्यंग्य गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।