अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार गगन थापालाई विजयको शुभकामना दिएकी छिन् ।
बुधबार केकीले एक भिडियो सन्देशमार्फत कांग्रेस महामन्त्रीसमेत रहेका थापालाई विजयको शुभकामना दिएकी हुन् ।
भिडियोमा उनले गगनलाई ‘दाइ’ सम्बोधन गरेकी छिन् । आफूले विभिन्न समयमा गगनलाई भेट्ने अवसर पाएको र ती भेटमा आफूलाई गगनले बहिनीको रुपमा माया गरेको भनदै उनले कतज्ञता ज्ञापन गरेकी छिन् ।
केकीले भनेकी छिन्, ‘ती साना भेटमा भएका संवादका क्रममा उहाँले राष्ट्रपति देखाउनुभएको निष्ठा र जनताप्रतिको सेवाभाव, इमानदारी अनि संसद र संविधानप्रतिको लगाव निकै नै प्रशंसनीय छ ।’
कोभिड महामारीका बेला जनसरोकार र जनसवालका विषयमा एक असल जनप्रतिनिधिका रुपमा गगनको भूमिका सबै युवाका लागि प्रेरणदायी रहेको उनले बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।