विश्वकपका लागि शुल्क लिन पाउने सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले फिफा विश्वकपका लागि शुल्क लिन पाउने आदेश  दिएकाे छ । 

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश जारी गरेको हाे।

आदेशमा महत्त्वपूर्ण चार खेल जस्तै– उद्घाटन, दुई सेमी-फाइनल र फाइनल खेल सर्वसाधरणले निःशुल्क रुपमा हेर्न पाउने उल्लेख छ । मिडिया हब र हिमालयन टेलिभिजन नेटवर्कबीच करार भएअनुसार अन्य खेलका लागि भने शुल्क लिन पाउने आदेश जारी गरेको हाे। 

सर्वोच्चकाे आदेशअनुसार अन्य खेल हेर्न इच्छुक दर्शकले मिडिया हबले निर्णय गरेबमोजिमको शुल्क तिरेर विश्वकप फुटबलका खेलसँगै अन्य कार्यक्रम हेर्न सक्नेछन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १७:१८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया