राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुखः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् । बुधबार नेपाल बैंक लिमिटेडको ८६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गर्दै गभर्नर अधिकारीले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक पोलिसिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिने बताए । 

विगतमा गरिएको पोलिसीगत निर्णय अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको स्पष्ट पार्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको बताए । लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितिमा रहेको भए पनि चालू आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको उनले बताए । 

असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको भन्दै गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको बताए । अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको उनले बताए । 

आर्थिक वर्ष ०७९/८० को असोजसम्ममा आयात र निर्यात दुवै घटेको बताउँदै अधिकारीले असोजसम्ममा आयात ३५.७ प्रतिशत र निर्यात १६.२ प्रतिशतले घटेको बताए । लिक्विडिटीका कारणले कुनै पनि बैंकलाई अफ्ठ्यारोमा पार्ने स्थिति आउन नदिने गभर्नर अधिकारीले दाबी गरे । 
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १७:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया