ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी छन् ।
प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार मन्त्री भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको दाबी गरेकी हुन् ।
आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै उनले विगतको दुई कार्यकालमा गरेका काम हेरेर जनताले मत दिने बताइन् । जनताले कुनै पनि काम नगरेकालाई मत नदिने बताउँदै मन्त्री भुसालले राजनीतिक परिवर्तनको आन्दोलनमा पसिना नबगाएकालाई जनताले मत नदिने उल्लेख गरिन् ।
देशमा दलीय राजनीति बलियो भएको बताउँदै उनले सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेकाले जनताले पार्टी हेरेर भोट दिने बताइन् । मन्त्री भुसालले जनताले चुनाव जित्ने र सरकार बनाउने पार्टी हेरेर मत दिने बताइन् ।
युवाहरु राजनीतिमा आउँदा विचार, चिन्तन र समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने बताउँदै उनले अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोशले मात्रै राजनीतिले गति लिने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।