विष्णु पाैडेलकाे क्षेत्रमा लौरो अभियानकाे समर्थन सत्ता गठबन्धनलाई

हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले रूपन्देही २ मा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएकाे छ। बुटवलमा पत्रकार सम्मेलन गर्दै सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जानकारी गराएका हुन् । 

जसअनुसार अब लौरो अभियानले गठबन्धनका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेशसभा सदस्यका उम्मेदवार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई समर्थन रहने उनले बताए।

एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलस (कमल) भुसालको राजनीतिक भ्रूण हत्या गरेकाे भन्दै उनले निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्ने बताए । उनले भने, ‘युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।’

रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालले राज्यकाे  सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उनकाे उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गए पनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो।

महामन्त्री भुसालले रूपन्देही २ मा सत्तागठबन्धनलाई अभियानको पूर्ण समर्थन रहेकाे बताए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ काे कतर्फ रूख चिह्नमा र २ काे खतर्फ हँसिया हथौडामा भोट दिने उनले बताए।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १९:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया