पर्वतमा जिप दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते

पर्वत जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा थप सातजना घाइते भएका छन् ।

बेनीबाट मल्लाज माझफाँट जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिपका चालक ३७ वर्षीय डम्बरबहादुर दमाईको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले बताए ।

घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २०:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया