बलात्कारी फरार, गर्भपतन गराउने पक्राउ

बलात्कारबाट बसेको गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । 

जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक–पटक जबरजस्ती करणी गर्ने व्यक्ति भने फरार रहेका छन् । गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

गर्भवती नाबालिकालाई तेलीले ललाईफकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेका थिए । उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

पीडितको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २०:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया