Thu, 21 Feb, 2019


सेयर लगानीकर्ताका लागि प्यान नम्बर अनिवार्य गर्दै सरकार, लगानीकर्ता विराेधमा
फरकधार / माघ २५, २०७५

काठमाडौं– सरकारले आगामी वैशाखदेखि लागू हुने गरी सेयर लगानीकर्ताका लागि प्यान नम्बर अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि  नेपाल स्टक एक्सचेन्जले आवश्यक गृहकार्यसमेत गरिरहेको छ । 

सबै लगानीकर्तालाई करको दायरामा ल्याउन अर्थ मन्त्रालयकै सक्रियतामा अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गर्न लागिएको हो । अहिलेसम्म संस्थागत लगानीकर्ताले प्यान नम्बर लिएको भए पनि व्यक्तिगत लगानीकर्ताका लागि भने  अनिवार्य गरिएको थिएन । 

गत कात्तिकमा सरकारले धितोपत्र बोर्डलाई प्यान नम्बर अनिवार्य गर्न पत्राचार गरेको थियो । यसघि नै चालू आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्ताका लागि प्यान नम्बर अनिवार्य गरिने उल्लेख गरेका थिए । 

सरकारको सो निर्णय गलत भएको भन्दै केही लगानीकर्ताका संघ–संगठनले विरोध जनाएका छन् । उनीहरूले प्यान अनिवार्य नगर्न नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन् ।



यो पनि नछुटाउनुहोस्