प्रदीप पौडेलको पक्षमा रोबोटले गर्यो प्रचार

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं ५ का प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ । 

काठमाडौं ५ का महाराजगन्ज, वसुन्धरा, हाडीगाउँलगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै रोबोटले पौडेलसहित प्रदेश सांसदका उम्मेदवारका लागि भोट मागेको हो । सो रोबोट युवा इन्जिनियरहरूले स्वतःस्फूर्त रूपमा बनाएका हुन् । 

पौडेलको पक्षमा मत माग्दै रोबोटले ‘नमस्कार सन्चै हुनुहुन्छ ? म नेपाली रोबोट, यसपालिको काठमाडौं–५ को भोट, प्रदीप पौडेललाई’ भनेको थियो । 

पौडेलजस्ता युवा नेताको संसद्मा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ रोबोटको घरदैलो गरिएको रोबोट निर्मातामध्येका एक इन्जिनियर बताए ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २१:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया