अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिले तीव्रता पाउँछ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।  

भोजपुरको पूर्वी तिवारीभञ्ज्याङमा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताएका हुन् । 

नेता महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए । 

समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेद्वारहरूलाई जिताउनुको विकल्प नरहेको समेत उनले बताए । 

लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने सरकारको आवश्यकता रहेको भन्दै महतले भने, ‘लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने सरकार आयो भने देशमा लगानी बढ्छ, उद्योग व्यवसाय रोजगारीसँगै पूर्वाधारहरूको विकास हुन्छ, यी सबै पूरा गर्नका लागि गठबन्धनलाई जिताउनु पर्छ ।’  





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार ७:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया