कतार फिफा विश्वकपअघि खेलिएको मैत्रीपूर्ण म्याचमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले यूएईविरुद्ध ५–० को जित हात पारेको हो ।
अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे । त्यस्तै, जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एकरएक गोल गरे ।
यूएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफकै चार गोल गर्यो । उसले दोस्रो हाफमा थप एक गोल गर्यो । कतार विश्वकप यही २० नोभेम्बरबाट सुरु हुँदैछ ।
समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो म्याच २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध खेल्नेछ । समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबियाकासाथै मेक्सिको र पोल्याण्ड पनि छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।