सत्ता गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दै

यही ४ मंसिरको आमनिर्वाचनका लागि सत्ता गठबन्धनले आज काठमाडौंमा चुनावी सभाको आयोजना गर्दैछ । गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।

सभा दिउँसो २ बजेदेखि कोटेश्वरमा सुरु हुनेछ । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।  





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार ८:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया