बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं बागमती किनाराको बस्ती हटाउन सूचना जारी गरेपछि त्यहाँ बसिरहेका सुकुम्बासी आन्दोलित भएका छन् । समितिले शुक्रबार सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर–टहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन १० दिन समय दिएको थियो । समितिको अल्टिमेटमविरुद्ध बागमती किनारामा बसिरहेकाहरू प्रदर्शनमा उत्रिएका हुन् । सोहीअनुसार उनीहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।
तस्बिरमा सुकुम्बासीको प्रदर्शन :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।