\
अभिनेता प्रदीप खड्का र निर्माता सन्तोष सेनले काठमाडौ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।
भेटमा खड्काले समाजमा देखिएको भ्रष्टाचार र बेथिति अन्त्यको लागि भूमिका खेल्न सुझाए । निर्माता सेनले कलाकारले समाजमा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए ।
‘यो चंगुलबाट निकाल्नका लागि भरपर्दो विकल्प निर्माणमा काम गर्न पुकारजीलाई शुभकामना छ,’ प्रदीपले भने ।
उम्मेदवार बमले ‘प्रेमगीत ३’लाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा प्रदीप र सन्तोषको टिमले खेलेको भूमिकाको लागि धन्यवाद दिएका थिए ।
बमलाई अभिनेता राजेश हमाल, दयाहाङ राई र अभिनेत्री दीपाश्री निरौला लगायतले समर्थन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।