एमालेको वडा सदस्य उम्मेदवारसहित दुई दर्जन युवालाई प्रदीप पौडेलले कांग्रेस भित्र्याए
फरकधार / १ मंसिर, २०७९

नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले बिहीबार दुई दर्जनभन्दा बढी युवालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । 



कांग्रेस प्रवेश गर्नेमा स्थानीय निर्वाचनमा बुढानीलकण्ठ नगरपालिका–४ मा एमालेबाट सदस्यका उम्मेदवार अभिषेक तामाङसहित दुई दर्जन युवा छन् ।

बिहीबार चुनावी सभाका क्रममा केन्द्रीय सदस्य पौडेलले युवाहरुलाई कांग्रेस पार्टीमा स्वागत गरेका हुन् । 



काठमाडौं ५ मा पौडेलको उम्मेदवारीले युवाहरुमा उत्साह छाएको र निर्वाचनमा उनको जित निश्चित भएको नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले दाबी गरे ।



  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार २२:४६:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया