विश्वकपअघिको मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगालले नाइजेरियाविरुद्ध ४–० को शानदार जित हात पारेको छ ।
जोसे अल्भालाडे स्टेडियम गएराति सम्पन्न खेलमा पोर्चुगललाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाओ मारियोले समान एक गरे ।
खेलको नवौं मिनेटमा फर्नान्डेसको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ३५ औं मिनेटमा उनैले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
८१ औं इमानुएल बोनाभेन्चर डेनिस पेनाल्टीमा चुक्दा नाइजेरियाले गोल अन्तर कम गर्ने अवसर गुमायो ।
८२ औं मिनेटमा रामोस तथा ८४ औं मिनेटमा मारियोले गोल गरेपछि पोर्चुगलले ४–० को शानदार जित निकाल्यो । समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।