एमाले उम्मेदवार गुरुङलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले मनाङबाट  नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका पोल्देन तोपाङ गुरुङलाई स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार अनुमतिविना हेलिकोप्टर प्रयोग गरेको र मतदातालाई प्रभावित पार्ने उद्देश्यले याक काटेर भोजभतेर गरेको भन्ने उजुरीपछि  उनलाई स्पष्टीकरण सोधिएको हो । 

गुरुङलाई २४ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयं उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ । 

  





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १०:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया