आज पनि बढ्यो सुनको मूल्य
फरकधार / २ मंसिर, २०७९

नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

बिहीबार तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार ११:२२:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया