\
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको डिल्लीबजारमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन् ।
प्रधानले ३० भदौ २०७८ देखि विभिन्न स्थानमा र अन्तिमपटक गत १० कात्तिकमा मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ ।
घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।