निर्वाचनका लागि तीन लाख सुरक्षाकर्मी परिचालन, विप्लव नेकपामाथि विशेष निगरानी बढाइने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन भएका छन् । 

गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने जानकारी दिएको हो ।  
 
जसमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन हुनेछन् । 

यस्तै, चुनाव बिथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ । सो पार्टीले देशका विभिन्न स्थानमा बम विस्फोट गराई चुनावको वातावरण बिथोल्ने प्रयास गरेपछि सरकारले निगरानी बढाउने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १६:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया