पहिलाे संस्करणकाे नेपाल टी-२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले गएराति खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियाेगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २६ मंसिर २६ बाट १६ पुससम्म हुनेछ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।
लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । याे खेल बिहान सवा ९ बजे सुरू हुनेछ ।
साेहि दिन दिउँसो सवा १ बजे सुरू हुने खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुनेछ । प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ ।
लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स गरि ६ टाेलीकाे सहभागिता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।