Sun, 21 Apr, 2019


एडिबी र एएफडीबीच पाँच अर्ब डलर लगानी गर्ने सहमति
फरकधार / माघ २५, २०७५

मनिला– एसियाली विकास बैंक (एडिबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी)बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ । दुवै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो । 

उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा लगानी हुनेछ । सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता (पिएफए)अन्तर्गत परियोजना छनेट र प्रवर्द्धन गरिने एडिबीले जनाएको छ । 

एडिबीका अनुसार पाँच अर्ब डलरमध्ये दुवै संस्थाबाट आधा आधा बेहोरिनेछ । साथै, दुवै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 



यो पनि नछुटाउनुहोस्