मैत्रीपुर्ण खेलमा बेल्जियम पराजित

कतारमा २० नाेभेम्बर(भाेलि) बाट सुरू हुने फिफा विश्वकपअघिको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बेल्जियम पराजित भएको छ । ऊ गएराति इजिप्टसँग २-१ ले पराजित भएकाे हो ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेलको ३३ औं मिनेटमा मुस्ताफा मोहम्मदले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए ।

 ४६ औं मिनेटमा ट्रेजग्वेटले टाेलीको अग्रता दाेब्बर बनाए । ७६ औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्याे पर्याप्त नबन्दा इजिप्टले २-१ काे राेमाञ्चक जित निकाल्याे ।

समूह 'एफ' मा रहेकाे बेल्जियमले २४ नाेभेम्बरमा क्यानडाविरुद्व खेल्दै विश्वकपकाे सुरूवात गर्नेछ । अर्काे मैत्रीपूर्ण खेलमा सर्बियाले बहराइनविरुद्ध ५-१ काे शानदार जित हात पारेकाे छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार ७:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया