मतदान गर्न जाँदा कुन परिचय पत्र लिएर जाँदा हुन्छ ?

आइतबार विहान ७ बजेबाट देशभर प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । यसको तयारी पूर्णरुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदान गर्नका लागि निर्वाचन आयोगबाट जारी मतदाता परिचय पत्रमात्र नभएर अन्य पाँच प्रकारका सरकारी परिचय पत्रको आधारमा पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी र सवारी चालक अनुमति पत्र भए पनि मतदाताले मतदान गर्न पाउने जानकारी दिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा यी परिचय पत्रको सक्कलप्रति लिएर मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको हो ।





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार २२:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया