आमनिर्वाचन आज, देशभर मतदान हुँदै

देशभर आज एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि ७ बजेदेखि मतदान सुरु भएको छ । आज एकै चरणमा मतदान गरेर प्रत्यक्ष तथा समानुपातिक गरि मिश्रित प्रणालीबाट सांसद चुनिने छन् ।

आजको मतदानबाट प्रतिनिधिसभामा १६५ जना र प्रदेश सभामा ३३० जना प्रत्यक्षमा निर्वाचित हुनेछन् । त्यस्तै, प्रतिनिधिसभाका लागि एक सय जना र प्रदेश सभाका लागि २२० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । नेपालको प्रतिनिधिसभामा २७५ र सबै प्रदेशमा प्रदेशसभाका लागि ५५० जना सदस्य रहने व्यवस्था छ ।

आज हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका  लागि १६५ क्षेत्रमा  २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् । यीमध्ये ८६७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि प्रत्यक्षमा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले आज १ करोड ७९ लाख ८८ हजार ५७० जनाले मत हाल्न पाउने बताएको छ । यो संंख्या देशभरका मतदाताको संख्या हो । आजको दिनसम्म १८ वर्ष पुगेका र नागरिकता लिएर मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् ।

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म निर्वाचनमा मतदान गर्न सकिने जनाएको छ । आयोगले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने विश्वास लिएको बताएको छ । 



निर्वाचनका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको भएकाले सबैले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले जनाएको छ ।



  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया