एलन मस्कले डोनाल्ड ट्रम्पलाई फेरि ट्विटरमा ल्याए

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सन्जाल ट्विटरमा खाता फेरि सक्रिय भएको छ । 

ट्विटरका सिइओसमेत रहेका अमेरिकी व्यवसायी एलन मस्कले ट्विटरमा राखेको एउटा ‘पोल’मा अधिकांशले ट्रम्पलाई ट्विटरमा ल्याए हुने भन्दै विचार दिएपछि एलनले उनको खाता सक्रिय पारेका हुन् ।

यसअघि ट्विटरले ट्रम्पको खाता सस्पेन्ड गरेको थियो । 

ट्रम्पलाई ट्विटरमा प्रतिबन्ध लागेपछि उनले आफ्नै सामाजिक सन्जाल ट्रुथ खोलेका थिए । ट्रम्पले आफू ट्विटरमा नभएर ट्रुथमा नै रहने बताउँदै आएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया