मतदानपछि प्रचण्डको प्रतिक्रिया : प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल गठबन्धन टुट्ने सम्भावना कम रहेको बताएका छन् । चितवनमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म गठबन्धन कायमै रहने बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने पनि बताए । उनले चितवन र गोरखा दुवै जिल्लालाई उत्तिकै महत्व दिनेसमेत बताए । ‘चितवन छोडेको होइन । गोरखा गएको हो । यो मेरा लागि चुनौती पनि हो अवसर पनि हो ।’  

प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया