दैलेखको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । मतदानस्थलमा शंकास्पद वस्तु भेटिएकाले मतदान सुरु हुन नसकेको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ मा रहेको जनता माविमा मतदान सुरु हुन सकेको छैन ।
त्यहाँ आज विहानै बमजस्तो बस्तु भेटिएको हो ।
सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।