आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यक : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

उनले आइतबार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा मत खसालेपछि प्रतिक्रिया दिँदै यस्तो आग्रह गरेका हुन् । उनले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए ।

ढकालले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गरे । ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो । आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् । नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ,’ ढकालले भने । 

उनीसँगै अन्य उद्योगी व्यवसायीले पनि उत्साहजनक रूपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आइतबार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भइरहेको छ ।

साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १२:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया