प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि अहिले देशभर मतदान भइरहेको छ । विभिन्न पार्टीका शीर्ष नेताहरूले पनि मतदान गरिरहेका छन् ।
राप्रपा नेता रवीन्द्र मिश्रले पनि केहीबेर अघि मतदान गरेका छन् । ललितपुरको भैसेपाटीबाट उनले मतदान गरेका हुन् । मतदान पछि उनले फेसबुकमा लेखेका छन्, 'साइत जुराएर मतदान! आफ्नो तर्फबाट गर्ने सबै गरियो। बाँकी मतदाता र भाग्यको हातमा !'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।