रामकृष्ण ढकालको ‘भो आँसु नझार’ मा नारायण र गंगा [भिडियोसहित]

गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँसु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । 

भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्तशैलीमा देखाइएको छ।  गीतकार नारायण कंडेलका 'भेट भयो सोल्टिनीसँग', 'चाइनेजो', लगायतका  गीतहरू चर्चित छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १६:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया