logo-img

धनुषामा आजै रातिबाट मतगणना, यी चार स्थानमा हुँदैछ मतगणना

धनुषा जिल्लाका चार वटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ । 

जिल्लाको क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए ।

मुख्य निर्वाचन अधिकारी प्याकुरेलले मतपेटिका संकलनको काम भइरहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी आजै रातिबाट मतगणना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।



मतदान सकिएर मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक गरेर आजै रातिदेखि मतगणना सुरु गरिने भएको छ ।

मतगणनाको लट लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया