आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मकवानपुरमा शान्तिपूर्ण वातावरणमा भएको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्म भएको मतपेटिका हेटौंडा २ स्थित सिद्धार्थ माविमा ल्याउन थालिएको छ ।
हेटौंडाका विभिन्न मतदान केन्द्र तथा भीमफेदी र मकवानपुरगढी गाउँपालिकाको केही केन्द्रहरूको मतपेटिका मतगणना केन्द्रमा ल्याइएको छ । बाँकी मतपेटिका आज रातभरमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् । जसमा ९२ हजार ८७७, पुरुष ८५ हजार ४ सय जना र अन्य ५ जना गरी एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन् । मकवानपुरमा ५९ प्रतिशत मात्रै मत खसेको छ ।
मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । मकवानपुरको क्षेत्र १ मा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।