काठमाडौं-७ को मतगणना जारी, १ को सुरु गर्ने तयारी

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना जारी छ । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो ।

निर्वाचन अधिकृत उषा श्रेष्ठका अनुसार सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको हो । मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एकजना प्रतिनिधिलाई सहभागी गराइएको छ ।

काठमाडौं–७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् । 

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ७:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया