बैतडीको पाटनमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आज बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको उनले बताए । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ को थुममा जिप दुर्घटनामा परेको हो ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।