ललितपुर–३ मा १ हजार मत गणना : तोसिमा दोस्रो, पम्फा तेस्रो

ललितपुर क्षेत्र नम्बर ३ मा १ हजार मतगणना गर्दा नेकपा एमालेका अमृत खड्काले सुरुवाती अग्रता लिएका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो र माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन् । १ हजार मत गन्दा एमालेका खड्काले ४९७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छन् । 

त्यस्तै, राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ९:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया