प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सप्तरी–२ को प्रारम्भिक मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतले सुरुवाती अग्रता लिएका छन् ।
१०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् । उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत प्राप्त गरेका छन् ।
छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाको गणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।