१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

ललितपुर २ मा गनियो १० हजार मत, कसले कति ल्याए ?

ललितपुर क्षेत्र नम्बर २ बाट आएको पछिल्लो जानकारीअनुसार त्यहाँ १० हजार ८८ मत गनिएको छ । 


यो मत गन्दा नेकपा एमाले त्यहाँ अगाडि देखिएको छ । 



नेकपा एमालेका प्रेमबहादुर महर्जनले त्यहाँ २ हजार ९ सय ८० मत ल्याएका छन् । उनको पछाडि रहेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार ४ सय ७७ मत प्राप्त गरेका छन् ।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए ।



सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतदाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ ।



  • प्रकाशित मिति : ५ मंसिर, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया