शाहरुख खान मन पर्दैनथ्यो यश चोपडालाई, जसले पछि सुपरस्टार बनाए

बलिउडमा यश चोपडालाई रोमान्स किङ नै मानिन्छ । उनले बलिउडमा इततेफाक, दाग, लमहे, चाँदनी, दिल तो पागल हैजस्ता ब्लकबस्टर फिल्म दिएका छन् । 

चारपटकसम्म फिल्मफेयरको बेस्ट डाइरेक्टर अवार्डले सम्मानित यश चोपडा र शाहरुख खानको जोडी लामो समयसम्म बलिउडमा छाइरह्यो । मानिसहरू भन्छन् यश चोपडा बलिउडमा हुँदैन थिए त साहरुख खान आज यति ठूलो स्टार बन्ने नै थिएनन् । शाहरुखले चोपडाका निर्देशनमा डर, दिल तो पागल है, दिल वाले दुल्हनिया लेजाएंगे, रब ने बनादी जोडी, जब तक है जानजस्ता फिल्ममा अभिनय गरेका छन् । 

तर, कुनै समय यश चोपडा र उनका छोरा आदित्य चोपडा शाहरुखलाई रुचाउँदैन थिए । यश चोपडाले जब शाहरुखलाई आफ्नो फिल्म डरमा साइन गराइरहेका थिए, तबसम्म पनि उनी शाहरुखलाई मन पराउँदैनथे । 

चोपडाले खानको फिल्म किङ अंकलको केही फुटेज देखेका थिए, जुन उनलाई मन परेन । तर, शाहरुखलाई फिल्ममा साइन गराउनु उनको बाध्यता थियो । किनकि, शाहरुख बाहेक अरू कोही एक्टर उक्त फिल्ममा नेगेटिभ रोल गर्नका लागि राजी भएनन् । 

पछि यशले शाहरुखको काम देखे अनि उनी निकै प्रभावित भए । चोपडाले आफ्नो पछिल्लो अन्तर्वार्तामा रिटायर्ड भएको घोषणा गरेका थिए । रिटायर्ड भएको घोषणापछि उनी एक महिना पनि परिवारसँग बस्न सकेनन् । 

जब तक है जानबाट उनी निर्देशनमा फर्किएका थिए । चोपडाले अन्तर्वार्तामा भनेअनुसार उनका दाजु बिआर चोपडासँग साधना फिल्ममा काम गर्दा उनको भेट वैजयन्ती मालासँग भयो । वैजयन्ती मालाले चोपडालाई निर्देशनको क्षेत्रमा काम गर्न सल्लाह दिइन् । 



दाजुले उनलाई फिल्ममा काम गर्ने मौका दिए । त्यसपछि नयाँ दौर र साधना फिल्ममा पनि काम गर्ने मौका पाए । त्यतिवेला चोपडाले भनेका थिए, भगवान्ले महिलालाई सुन्दर बनाएका छन् । म तमाम महिलाहरूलाई इज्जत गर्छु । मेरो नजरले महिलालाई नराम्रो देख्दैन । म आफ्नो काम मात्र गरिरहेको छु । भगवान्को कृतिलाई थप सुन्दर बनाउने प्रयास गरिरहेको छु । 

सन् २०१२ अक्टोबर २१ मा चोपडाको निधन भयो । उनले आफ्नो अन्तिम फिल्म जब तक है जानको रिलिज हेर्न पाएनन् । दीपावलीमा रिलिज हुने भनिएको सो फिल्म चोपडालाई निकै मन परेको उनले आफ्नो अन्तिम अन्तर्वार्तामा बताएका थिए । 



  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २०:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया