चुनावपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।
मंगलबार नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेप्सेका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।
मंगलबार जेविल्स फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ ।
तर, यता युनिलिभर नेपालको ५.५८ प्रतिशत घटेको छ भने सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ । आज नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।