नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार हृदयराम थानीले जित हासिल गरेका छन् । उनी सुर्खेत २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार थिए ।
उनी ३४ हजार ६ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचित हुँदा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार विसीलाई पराजित गरेका हुन् । विसीले १९ हजार ५ सय ५८ मत ल्याए ।
२०५१ सालदेखि नै सुर्खेत–२ बाट निर्वाचन लड्दै आएका थानी तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन् ।
थानीले २०७४ मा नेकपा एमालेसँगको हारको बदला यो पटक लिएका छन् ।
वाम गठबन्धन हुँदा ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।