रूपन्देही–४ (ख) मा कांग्रेसका वसिउद्दीन खाँ निर्वाचित

रूपन्देही क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका वसिउद्दीन खाँ निर्वाचित भएका छन् । १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै उनी निर्वाचित भएका हुन् । 

खाँले सबैभन्दा बढी ११ हजार ३ सय ५ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत पाए ।

खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो ।   





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ९:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया